सशस्त्र प्रहरीले बरामद गर्‍यो नगद २० लाख भारु

सोमबार, वैशाख २८, २०८३
Honor 600 pro

काठमाडौं ।  सशस्त्र प्रहरीले  अवैध २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ। मोरङको रतुवामाई नगरपालिका–२ अन्तर्गत पर्ने घररुचोक सीमा क्षेत्रमा भारततर्फबाट मोटरसाइकलमार्फत ल्याइँदै गरेको उक्त रकम सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाबाट खटिएको संयुक्त टोलीले फेला पारेको हो।

सशस्त्र प्रहरीका अनुसार नियमित चेकजाँचका क्रममा शंका लागेपछि टोलीले मोटरसाइकल रोक्न खोजेको थियो।

त्यसक्रममा रकम बोकेर आएका व्यक्तिहरूले झोला त्यागेर फरार भएका थिए। झोलाभित्र रहेको नगद प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बरामद गरिएको रकमबारे थप अनुसन्धान भइरहेको छ भने आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइने तयारी गरिएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १७:२६
प्रतिक्रिया दिनुहोस्