अवैध सामानसहित एक महिला जमुनाह नाकाबाट सशस्त्र प्रहरीको नियन्त्रणमा

सोमबार, वैशाख २८, २०८३

बाँके । बाँकेको जमुनाह नाका नजिकबाट सशस्त्र प्रहरीले अवैध रुपले ल्याइएको सामानसहित एक महिलालाई नियन्त्रणमा लिएको छ।

आइतबार  दिउँसो सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म जमुनाहले भारतको रुपइडिहाबाट अवैध तस्करी गरेर ल्याइदै गरिएको २५ हजार रुपैयाँ बराबरको इनर्जी ड्रिंससहित कोहलपुर-२ कौशिलानगरकी सीता शाहीलाई नियन्त्रणमा हो।

बरामद गरिएको अवैध सामान र नियन्त्रणमा परेकी शाहीलाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको छ। साथै शाहीले ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई अभद्र व्यवहार गरेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  ०६:२५
प्रतिक्रिया दिनुहोस्