सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । HONOR Nepal ले आफ्नो चर्चित “डिपल एस०५ लक्की ड्र” अभियानको विजेता घोषणा आगामी मे १४ मा प्रत्यक्ष प्रसारणमार्फत गर्ने भएको छ। HONOR X9d खरिद गरेका ग्राहकहरूमध्ये एक भाग्यशाली विजेताले अत्याधुनिक Deepal S05 जित्नेछन्।
कम्पनीका अनुसार जनवरी २९, २०२६ देखि अप्रिल २८, २०२६ सम्म HONOR X9d खरिद गरेका ग्राहकहरू उक्त लक्की ड्रमा सहभागी हुन योग्य छन्। सहभागीहरूले HONOR Nepal को आधिकारिक फेसबुक पेजमा गई आफ्नो IMEI नम्बर दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। कम्पनीले अभियानप्रति देशभरका ग्राहकबाट उत्साहजनक सहभागिता प्राप्त भएको जनाएको छ। स्मार्टफोन खरिदबाट सुरु भएको यो अवसर अब कसैका लागि भविष्यको अत्याधुनिक गाडी जित्ने अवसर बन्न सक्ने कम्पनीको विश्वास छ।
कम्पनीले विजेता छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन लक्की ड्र कार्यक्रम फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरिने जनाएको छ। देशभरका दर्शक तथा सहभागीहरूले HONOR Nepal को फेसबुक पेजमार्फत प्रत्यक्ष रूपमा विजेता घोषणा हेर्न सक्नेछन्। सहभागी तथा दर्शकलाई प्रत्यक्ष प्रसारणमा सहभागी भई ग्राण्ड विजेता घोषणा कार्यक्रमको हिस्सा बन्न पनि आग्रह गरिएको छ।
कार्यक्रम “Deepal S05 Lucky Draw Announcement” आगामी बिहीबार मे १४, २०२६ मा HONOR Nepal को आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण हुनेछ।
थप जानकारी तथा अपडेटका लागि - https://www.honor.com/np/ https://www.instagram.com/honor_nepal/ https://www.facebook.com/honornepall