सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेलले लगाए दर्ज्यानी चिन्ह

सोमबार, वैशाख २१, २०८३
Honor 600 pro

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आजदेखि विधिवत रुपमा नयाँ नेतृत्व पाएको छ। नवनियुक्त आईजीपी नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान भएसँगै सशस्त्र प्रहरीले आजदेखि नयाँ नेतृत्व पाएको हो।

गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले पौडेललाई आज बिहान दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पौडेललाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो।

यसअघि वैशाख १८ गतेदेखि तत्कालीन आईजीपी राजु अर्याल सेवा निवृत्त भएका थिए।

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  ११:३०
प्रतिक्रिया दिनुहोस्