सशस्त्र प्रहरीका नवनियुक्त आईजीपी पौडेललाई भोलि दर्ज्यानी चिन्ह प्रदान हुँदै

आइतबार, वैशाख २०, २०८३
Honor 600 pro

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका नवनियुक्त  आईजीपी नारायणदत्त पौडेलले भोलि औपचारिक रुपमा संगठनको कमाण्ड सम्हाने भएका छन् ।  

यसअघिका आईजीपी राजु अर्याल १८ वैशाखमा चार वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त भएको थियो। सरकारले त्यसअघिनै पौडेललाई नयाँ आईजीपीमा नियुक्त गर्ने निर्णय गरिसकेको छ। यद्यपि शनिबारदेखि पद खाली रहे पनि बीचमा सार्वजनिक बिदा परेकाले औपचारिक कार्यक्रम नवनियुक्त आईजीपी पौडेलले सोमबार बिहान ९ बजेअघि नै  औपचारिक रूपमा दर्ज्यानी चिन्ह पाउने छन् ।

आज (आइतबार) बिदा रहेका कारण पौडेलले भोलि( सोमबार) का दर्ज्यानी चिन्ह लगाउने भएका हुन् । गृह मन्त्रालयका अनुसार, पौडेलले गृहसचिव राजकुमार श्रेष्ठबाट दर्ज्यानी चिन्ह ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  १७:३३
प्रतिक्रिया दिनुहोस्