सशस्त्र प्रहरी स्कुलका कक्षा ८ का विद्यार्थीका अभिभावकसँग शिक्षक–अभिभावक बैठक

शुक्रबार, वैशाख १८, २०८३

काठमाडौं । कृतिपुरस्थित सशस्त्र प्रहरी विद्यालयमा कक्षा ८ का विद्यार्थीका अभिभावकहरूसँग शिक्षक–अभिभावक बैठक सम्पन्न भएको छ।

विद्यालय परिसरमा आज आयोजित उक्त बैठकमा शैक्षिक सत्र २०८३ का लागि तयार गरिएको विस्तृत शैक्षिक योजना प्रस्तुत गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यार्थीको शैक्षिक प्रगति, अनुशासन तथा समग्र विकासका विषयमा छलफल गरिएको थियो।

बैठकका क्रममा अभिभावकहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न सुझाव तथा जिज्ञासा राखेका थिए। उठाइएका विषयहरूमा विद्यालयका प्रधानाध्यापक तथा स्कूल कमाण्डेन्ट एसपी रामजंग पाण्डेले स्पष्ट जवाफ दिँदै अभिभावकलाई सकारात्मक सन्देश दिएका थिए।

विद्यालयले अभिभावकसँगको यस्तो सहकार्यले शिक्षण–सिकाइ प्रक्रिया थप प्रभावकारी हुने विश्वास व्यक्त गर्दै सहभागी सबै अभिभावकप्रति धन्यवाद ज्ञापन गरेको छ।

तस्बिरहरु-

प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३  १४:४३
प्रतिक्रिया दिनुहोस्