सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल नियुक्त

सोमबार, वैशाख १४, २०८३
Honor 600 pro

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३ औं नयाँ प्रमुख एआईजी नारायण दत्त पौडेललाई बनाउने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले एआईजी पौडेललाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपे) बनाउने निर्णय गरेको हो। सशस्त्र प्रहरी बलमा रहेका तीन एआईजीहरुमा पौडेल सबैभन्दा सिनियर हुन् । 

एआईजी पौडेल हाल सशस्त्र प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत विभाग प्रमुखका रुपमा कार्यरत छन् । वर्तमान सशस्त्र प्रहरी प्रमुख आफ्नो ४ वर्षे कार्यकाल सकेर बैशाख १८ गते अवकाश जाँदै गर्दा सरकारले नयाँ सशस्त्र प्रहरी प्रमुखमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो।

पौडेल २०७९ जेठ ६ गते एआईजीमा बढुवा भएका थिए।

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  १५:१०
प्रतिक्रिया दिनुहोस्