सशस्त्र प्रहरी ६ एसएसपी डीआईजी र ७ एसपी एसएसपी बढुवाका लागि सिफारिस

शनिबार, वैशाख १२, २०८३
Honor 600 pro

काठमाडौं । सशस्त्र प्रहरी बलका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालयका सचिवको अध्यक्षतामा शुक्रबार  बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस सूची सार्वजनिक गरेको हो।

समितिले एसएसपी दिगविजय सुवेदीलाई पहिलो नम्बरमा राख्दै डीआईजीमा बढुवाका लागि प्रस्ताव गरेको छ। त्यस्तै, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की पनि बढुवाको सिफारिस सूचीमा समावेश भएका छन्।

अब उक्त सिफारिस स्वीकृत भएपछि उनीहरू सशस्त्र प्रहरी बलको डीआईजी पदमा पदोन्नति हुनेछन्।

त्यसैगरी सशस्त्र प्रहरीका सात जना प्रहरी एसपीलाई एसएसपी पदमा बढुवा गर्न सिफारिस गरिएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले दीपककुमार थापालाई पहिलो प्राथमिकतामा राख्दै बढुवाका लागि प्रस्ताव गरेको हो।

समितिले अन्य प्रस्तावित अधिकृतहरूमा सुधीर सुवेदी, महेश केसी, प्रकाशकुमार सुवेदी, चित्राङ्ग दाहाल, सुभाष भण्डारी र प्रदीप सिंह कार्कीलाई पनि समावेश गरेको छ।एसएसपी पदको बढुवा सिफारिस गर्ने समितिको अध्यक्षता गृह मन्त्रालयका सचिवले गर्ने प्रावधान रहेको छ।

डीआईजी बढुवा सिफारिस -

 

एसएसपी बढुवा सिफारिस -

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  ०८:२३
प्रतिक्रिया दिनुहोस्