सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं — स्मार्टफोन बजारमा नयाँ उचाइ थप्दै HONOR ले नेपालमा आफ्नो बहुप्रतीक्षित ‘Magic of 8’ सिरिज सार्वजनिक गरेको छ। कम्पनीले यसअन्तर्गत HONOR Magic 8 Pro, HONOR X8d तथा HONOR Pad X8b बजारमा ल्याएको हो। नयाँ लाइनअपले शक्तिशाली प्रदर्शन, उन्नत आर्टिफिसियल इन्टेलिजेन्स (AI) र स्टाइलिश डिजाइनलाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ।
सिरिजको नेतृत्व गर्ने Magic 8 Pro उच्चस्तरीय प्रयोगकर्तालाई लक्षित गरिएको फ्ल्यागशिप स्मार्टफोन हो। यसमा २०० मेगापिक्सेलको अल्ट्रा–क्लियर क्यामेरा जडान गरिएको छ, जसले सूक्ष्म विवरणसमेत स्पष्ट रूपमा कैद गर्न सक्षम छ। नयाँ Snapdragon 8 Elite Gen 5 प्रोसेसर र ७१०० mAh क्षमताको ब्याट्रीले फोनलाई द्रुत तथा दीर्घकालीन प्रदर्शन प्रदान गर्ने कम्पनीको दाबी छ। साथै, AI स्क्रिन सुझाव, AI फोटो एजेन्ट र सुरक्षा फिचरहरू जस्ता उन्नत AI प्रविधिले प्रयोग अनुभवलाई अझ सहज बनाउनेछ।
Magic 8 Pro को प्रि-बुकिङ मूल्य १,९९,९९९ रुपैयाँ तोकिएको छ। सीमित अवधिका लागि ग्राहकले ३०,००० रुपैयाँ बराबरको Pad X8b निःशुल्क प्राप्त गर्नेछन्। Pad X8b मा ११ इन्चको Eye Comfort FullView डिस्प्ले, १०१०० mAh ब्याट्री र मेटल बडी डिजाइन समावेश गरिएको छ।
मध्यम मूल्य खण्डमा लक्षित HONOR X8d ले स्लिम डिजाइन र ७००० mAh ब्याट्रीमार्फत आफूलाई फरक बनाएको छ। ४५W फास्ट चार्जिङ सपोर्टसहितको यस फोनमा स्मार्ट AI बटन उपलब्ध छ, जसबाट AI सारांश, सर्कल टु सर्च, सुपर जुम लगायतका सुविधामा सजिलै पहुँच पाइन्छ। १०८ मेगापिक्सेल क्यामेरा, २ मिटर ड्रप रेसिस्टेन्स र IP65K पानी प्रतिरोधका कारण यो फोन टिकाउ र प्रयोगमैत्री रहेको कम्पनीले जनाएको छ।
X8d दुई भेरियन्टमा उपलब्ध छ — ८GB + १२८GB (रु. ३९,९९९) र ८GB + २५६GB (रु. ४३,९९९)। लन्च अफर अन्तर्गत ग्राहकले ३,९९९ रुपैयाँ मूल्यको Honor Choice Earbuds X7e Active निःशुल्क प्राप्त गर्नेछन्।
कम्पनीका अनुसार ‘Magic of 8’ सिरिज विशेष गरी क्रिएटर, पेशेवर तथा उच्च प्रदर्शन खोज्ने प्रयोगकर्तालाई लक्षित गरेर डिजाइन गरिएको हो। नयाँ उत्पादनहरू नेपालभरका अधिकृत HONOR स्टोरहरूमा उपलब्ध भइसकेका छन्।
थप जानकारीका लागि: वेबसाइट: https://www.honor.com/np/ इन्स्टाग्राम: https://www.instagram.com/honor_nepal/ फेसबुक: https://www.facebook.com/honornepall इमेल: [email protected]