कल मोबिलिटी 'हुवावे' र मेल्टडाउनबीच रणनीतिक एक वर्षे फिटनेस साझेदारी

मंगलबार, चैत २४, २०८२

काठमाडौं । नेपालमा Huawei उत्पादनहरूको एकमात्र आधिकारिक राष्ट्रिय वितरक कल मोबिलिटी प्रा.लि.(Call Mobility Pvt. Ltd.) ले देशको द्रुत रूपमा विस्तार हुँदै गएको फिटनेस समुदाय Meltdown Nepal सँग एक वर्षे रणनीतिक सहकार्यको घोषणा गरेको छ।

सोमबार जारी विज्ञप्तिअनुसार, उक्त सहकार्यले आधुनिक प्रविधि र सक्रिय जीवनशैलीलाई  नेपाली उपभोक्तामाझ स्वास्थ्य–केन्द्रित डिजिटल अनुभव विस्तार गर्ने लक्ष्य राखेको छ। विशेषगरी, Huawei का स्मार्टफोन, वेयरेबल (पहिरनयोग्य) उपकरण तथा स्मार्ट डिभाइसहरूलाई फिटनेस गतिविधिसँग प्रत्यक्ष रूपमा जोडिने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।

यस सहकार्यअन्तर्गत Meltdown Nepal ले आयोजना गर्ने दौड, प्रशिक्षण सत्र, तथा डिजिटल सामग्रीमार्फत युवा पेशेवर र फिटनेसप्रेमीहरूको सक्रिय सहभागिता बढाइनेछ। यसले प्रविधि र फिटनेसलाई व्यवहारिक रूपमा जोड्दै प्रयोगकर्तालाई वास्तविक अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।

सहकार्यको औपचारिक सुरुवात आगामी अप्रिल १५, २०२६ मा Huawei Band 11 सिरिजको नेपालमा भव्य सार्वजनिकरणसँगै हुने बताइएको छ, जसलाई यस अभियानको मुख्य आकर्षणका रूपमा हेरिएको छ।

सहकार्यबारे बोल्दै बिजया रोका क्षेत्रीले भनिन्, “यो सहकार्यले दैनिक जीवनमा प्रविधिको प्रभावकारी प्रयोगलाई प्रवर्द्धन गर्दै फिटनेस–केन्द्रित समुदायसँग प्रत्यक्ष रूपमा जोडिने हाम्रो लक्ष्यलाई अझ मजबुत बनाउँछ। हामी नेपाललाई थप स्वस्थ र सक्रिय बनाउने दिशामा काम गरिरहेका छौँ।”

कल मोबिलिटी प्रा.लि.नेपालमा Huawei का उत्पादनहरूको आधिकारिक वितरक हो, जसले विभिन्न स्मार्ट डिभाइस तथा वेयरेबल उपकरणहरू उपलब्ध गराउँदै आएको छ। यस्तै, Meltdown Nepal फिटनेसमार्फत मानिसहरूलाई जोड्ने उद्देश्यसहित सक्रिय समुदाय निर्माणमा केन्द्रित संस्था हो।

थप जानकारीका लागि तलका लिंकमा गएर हेर्न सकिने कल मोबिलिटी प्रा.लि. जनाएको छ।

 https://www.instagram.com/huawei.nepal/

https://www.facebook.com/profile.php?id=61583974333582

https://www.facebook.com/HuaweimobilePH/?brand_redir=188209018044736

https://www.tiktok.com/@huawei_np

https://consumer.huawei.com/en/wearables/

https://www.instagram.com/meltdown.np/

 

 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्