सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । अनर (HONOR) ले नेपालभर सञ्चालनमा गरेको आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो ‘मेगा गिभअवे’ अभियानलाई अन्तिम चरणमा पुर्याउँदै ३० दिने काउन्टडाउन घोषणा गरेको छ। कम्पनीका अनुसार अब ‘Deepal S05’ कार जित्ने विशेष अवसरका लागि केवल ३० दिन मात्र बाँकी रहेको छ।
सीमित अवधिको यस अफरअन्तर्गत HONOR X9d खरिद गर्ने प्रत्येक ग्राहकले प्रिमियम इलेक्ट्रिक एसयूभी Deepal S05 जित्ने मौका पाउनेछन्। कम्पनीले यो अभियानलाई केवल स्मार्टफोन अफरमा सीमित नराखी प्रविधि र आधुनिक जीवनशैलीको संयोजनका रूपमा प्रस्तुत गरेको जनाएको छ।
HONOR X9d आफ्नो मजबुत र टिकाउ डिजाइनका कारण चर्चित छ। यसमा २.५ मिटर ड्रप रेसिस्टेन्स, IP69K वाटर रेसिस्टेन्स र ८३०० mAh क्षमताको शक्तिशाली ब्याट्री जस्ता विशेषता समावेश छन्। कम्पनीका अनुसार आकर्षक बन्डल अफरसहित ल्याइएको यस योजनाले प्रत्येक खरिदमा असाधारण मूल्य थप्ने लक्ष्य राखेको छ।
देशभरका HONOR प्रयोगकर्ता तथा फ्यानहरूले अभियानमा उल्लेखनीय सहभागिता जनाइसकेका छन्। अब केवल एक महिना बाँकी रहँदा उत्साह अझ उच्च बिन्दुमा पुगेको कम्पनीको दाबी छ। यो अफरले ग्राहकलाई आफ्नो दैनिक अनुभवलाई नयाँ स्तरमा पुर्याउने ‘जीवनमै एकपटक पाइने अवसर’ प्रदान गर्ने बताइएको छ।
अभियान अवधिमा HONOR X9d खरिद गर्ने ग्राहकहरूले Deepal S05 जित्ने अवसर, रु. १५,९९९ मूल्य बराबरको HONOR Choice Watch 2 Pro निःशुल्क(६ महिनासम्मको सेवा सुविधा (एकपटक फ्रन्ट रिप्लेसमेन्ट, ब्याक रिप्लेसमेन्ट तथा पानीले भएको क्षतिको मर्मत) जस्ता सुविधा प्राप्त गर्नेछन्।
HONOR X9d नेपालमा दुई भेरियन्टमा उपलब्ध छ— 8GB RAM + 256GB स्टोरेजको मूल्य रु. ५४,९९९ र 12GB RAM + 256GB स्टोरेजको मूल्य रु. ५९,९९९ तोकिएको छ।
कम्पनीका अनुसार यो अफर नेपालभरका आधिकारिक HONOR रिटेल स्टोर तथा अनलाइन प्लेटफर्ममार्फत ३० दिनसम्म मात्र मान्य रहनेछ। थप जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट, इन्स्टाग्राम र फेसबुक पेजमार्फत सम्पर्क गर्न सकिनेछ। साथै [email protected] इमेल र +977 9801150036 नम्बरमा समेत सम्पर्क गर्न सकिने बताइएको छ।
कम्पनीले ग्राहकहरूलाई समयमै यो अवसरको लाभ लिन आग्रह गर्दै “तपाईंको अर्को स्मार्टफोनले तपाईंलाई Deepal S05 मा घरसम्म पुर्याउन सक्छ” भन्ने सन्देश दिएको छ।