सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । सशस्त्र प्रहरी बलका प्राविधिक समूहका दुईजना डीआईजीको पदावधि एक वर्षका लागि थपिएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी इन्जिनियर सन्दीप थापा र डा। रूपक महर्जनको कार्यकाल विस्तार गर्ने निर्णय गरेको छ।
सशस्त्र प्रहरी नियमावलीको दफा ६५ ९ग० अनुसार डीआईजी पदको सेवा अवधि चार वर्ष तोकिएको छ। सोही व्यवस्थाअनुसार थापा र महर्जनको कार्यकाल २०८२ चैत ५ मा सकिन लागेको थियो। मन्त्रिपरिषद्को निर्णयसँगै उनीहरू अब २०८३ चैत ५ सम्म पदमै रहने भएका छन्।
हाल इन्जिनियर थापा सशस्त्र प्रहरीको मद्धति तथा सेवा निर्देशनालय प्रमुखका रूपमा कार्यरत छन् भने डा। महर्जन सशस्त्र प्रहरी अस्पतालका प्रमुख हुन्।
यसैबीच, साधारण समूहतर्फका डीआईजी लक्ष्मण बहादुर सिंह र प्रदीप पालको पनि पदावधि थप गर्न गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो। तर मन्त्रिपरिषद्ले उनीहरूको हकमा भने कुनै निर्णय नगरेको स्रोतले जनाएको छ।
राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत सिंह र कार्य विभागमा रहेका पालको चार वर्षे पदावधि पनि चैत ५ मै सकिँदैछ। उनीहरू २०५४ चैत १८ मा नेपाल प्रहरीमा प्राविधिक सई ९कम्प्युटर अपरेटर० पदबाट सेवा प्रवेश गरेका थिए र पछि सशस्त्र प्रहरी बलमा समायोजन भएका थिए।
प्राविधिक समूहबाट आएका र छोटो तालिम मात्र लिएका अधिकारीलाई साधारण समूहसरह सुविधा दिन नहुने भन्दै उनीहरूको म्याद थप्ने प्रस्तावप्रति सशस्त्र प्रहरीका केही अधिकारीहरूले असन्तुष्टि व्यक्त गरेका थिए।