शंकास्पद बिलका भाँडावर्तनसहितको गाडी बरामद, दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

आइतबार, फागुन १०, २०८२

बाँके । सशस्त्र प्रहरी बल, नेपाल कुण्डा बेसबाट खटिएको  टोलीले शंकास्पद सामान बोकेको गाडीसहित  दुई जनालाई नियन्त्रणमा लिएको छ ।

Honor x5c

राप्तीसोनारी गाउँपालिका वडा नं. ६ कुण्डामा नेपालगञ्जबाट दाङतर्फ जाँदै गरेको भे १ च ३८६० नम्बरको बोलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा शनिबार दिउँसो भाँडावर्तन लगायत विभिन्न सामग्री फेला परेको थियो । 

ती सामानका बिलबिजकमा शंका लागेपछि सशस्त्र प्रहरीले गाडी, सामान र संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिइएकाहरुमा भारतको उत्तर प्रदेशस्थित  बहराइचमा ३० वर्षीय अब्दुल कदीर र गाडी चालक सुर्खेत को भेरीगंगा नगरपालिका–८ का २५ वर्षीय दिपक खत्री रहेका छन् ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्