नेपाली बजारमा HONOR X5c को प्रवेश, ‘Xtreme Champion’ दाबी सहित सार्वजनिक

बिहीबार, फागुन ७, २०८२

काठमाडौं । नेपाली स्मार्टफोन बजारमा नयाँ प्रतिस्पर्धा थपिँदै गएको बेला HONOR X5c सार्वजनिक भएको छ। आकर्षक डिजाइन, सशक्त प्रदर्शन र भरपर्दो कार्यक्षमतासहित आएको यो स्मार्टफोनलाई कम्पनीले आफ्नो सेग्मेन्टकै “Xtreme Champion” का रूपमा प्रस्तुत गरेको छ।

दैनिक प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको HONOR X5c ले स्टाइल, पावर र प्रायोगिकताको सन्तुलित संयोजन प्रदान गर्ने दाबी कम्पनीको छ। 

फोनमा जडान गरिएको Ultra Clear 50MP Dual Camera ले स्पष्ट, जीवन्त तथा सूक्ष्म विवरणयुक्त तस्बिर खिच्न सक्षम बनाउने बताइएको छ।

यसमा विश्वसनीय MediaTek प्रोसेसर प्रयोग गरिएको छ, जसले स्मूथ मल्टिटास्किङ, सहज एप प्रयोग तथा छिटो प्रतिक्रिया दिने अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। पर्याप्त स्टोरेज विकल्पसहित उपलब्ध यो डिभाइस दैनिक प्रयोगका लागि उपयुक्त मानिएको छ।

त्यसैगरी, ५२६०mAh क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएको HONOR X5c ले लामो समयसम्म अवरोधरहित प्रयोगको सुविधा दिने दाबी गरिएको छ। यसले प्रयोगकर्तालाई पटक–पटक चार्ज गर्नुपर्ने झन्झटबाट मुक्त गर्ने विश्वास कम्पनीको छ।

HONOR X5c (4GB + 64GB) को मूल्य रु. १५,९९९ तोकिएको छ भने HONOR X5c Plus को मूल्य रु. १७,९९९ निर्धारण गरिएको छ। Ocean Cyan, Midnight Black र Meteor Silver गरी तीन आकर्षक रंगमा उपलब्ध यो स्मार्टफोनले प्रयोगकर्तालाई आफ्नै रोजाइअनुसार छनोट गर्ने अवसर प्रदान गर्छ।

स्लिम फिनिस, आधुनिक डिजाइन र भरपर्दो प्रदर्शनसहित आएको HONOR X5c ले आफ्नो सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।

इच्छुक ग्राहकहरूले नजिकैका HONOR आधिकारिक आउटलेट वा अधिकृत स्टोरमार्फत यो स्मार्टफोन खरिद गर्न सक्नेछन्।

थप जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सम्पर्क गर्न सकिने जनाइएको छ।

सम्पर्क:

इमेल: [email protected]

फोन: +977 9801150036

वेबसाइट: https://www.honor.com/np/�

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्