बाँकेको खजुरास्थित पेडारी नाला पुलमा भेटियो शंकास्पद बस्तु, बम भएको आशंका

शुक्रबार, फागुन १, २०८२

बाँके । बाँकेको खजुरा गाउँपालिकास्थित निर्माणाधिन पेडारी नाला पुलमा शंकास्पद वस्तु फेला परेको छ। आज बिहान पुलमा शंकास्पद वस्तु फेला परेपछि सुरक्षाकर्मी उच्च सतर्कतामा रहेका छन्। 

Honor x5c

खजुरा बजार नजिकै, नेपालगन्ज–गुलरिया हुलाकी सडक खण्डअन्तर्गत पर्ने पेडारी नालाको पुलमाथि उक्त वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

स्थानीयले पुलमाथि कुकर जस्तो देखिने सामान राखिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेबाट टोली खटिएको थियो। प्रहरीका अनुसार घटनास्थलमा कुनै चेतावनीपत्र वा जिम्मेवारी दाबी गरिएको सामग्री भेटिएको छैन।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  नेपाली सेनाको टोलीले क्षेत्रलाई नियन्त्रणमा लिएर आवश्यक कार्य  अघि बढाएको प्रहरीले जानकारी दिएको छ।  शंकास्पद देखिएको वस्तु निष्क्रिय पारिएपछि मात्रै त्यसको वास्तविक स्वरूपबारे स्पष्ट हुने प्रहरीले जनाएको छ।

सुरक्षाको दृष्टिले हुलाकी सडक केही समयका लागि बन्द गरिएको छ। उक्त सडक प्रयोग गर्ने सवारीसाधनलाई वैकल्पिक मार्गबाट आवतजावत गर्न आग्रह गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्