सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । सशस्त्र प्रहरीले नारायणी नदिमा हाम फालेकी एक युवतीको सकुशल उद्धार गरेको छ।
चितवनको भरतपुर महानगरपालिका–२ पुलचोकस्थित नारायणी नदिमा हाम फालेकी भरतपुर महानगरपालिका–२० की २० वर्षीया युवती सविना परियार सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार एक युवतीले नारायणी पुलबाट नदिनमा हाम फालेको खबर पाए लगत्तै सशस्त्र प्रहरीको आईआरटी पोष्ट पुलचोकबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोलेको कमाण्डमा खटिएको टोलीले सकुशल उद्धार गरेको हो ।
उद्धार पश्चात उनलाई उपचारको लागि भरतपुर अस्पतालतर्फ पठाएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।