सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । लुम्बिनी प्रदेशकै पहिलो अनलाइन ट्याक्सी तथा बाइक सेवा इ-ड्राइभले नेपालगञ्जबाट पनि औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ । आज आयोजित उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले रिबन काटेर सेवाको उद्घाटन गरेका हुन् ।
१८ महिना अघि बुटवल–भैरहवा क्षेत्रबाट सुरु गरिएको इ-ड्राइभ सेवा बाँके जिल्लाको प्रमुख सहर नेपालगञ्जमा पनि विस्तार गरिएको हो ।
हाल रुपन्देहीमा ११० वटा ट्याक्सी तथा ५०० भन्दा बढी मोटरसाइकल राइडरमार्फत सेवा दिइरहेको इ-ड्राइभ ले नेपालगञ्जमा प्रारम्भिक चरणमा १५ वटा इभी (विद्युतीय) ट्याक्सीमार्फत सेवा सुरु गरेको जनाएको छ । सेवा शुभारम्भ कार्यक्रममा बोल्दै इ-ड्राइभका निर्देशक विजय भण्डारी (बासु) ले समय अनुसार सेवा प्रणाली डिजिटल बन्दै गइरहेको सन्दर्भमा ट्याक्सी सेवालाई पनि प्रविधिसँग जोडेर अनलाइन माध्यमबाट सुरक्षित, सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले नेपालगञ्जमा सेवा सञ्चालनमा ल्याइएको बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै इ-ड्राइभ लुम्बिनीका अध्यक्ष राज कुमार गुप्ताले युवालाई स्वदेशमै स्वरोजगार बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ १८ महिना अघि रुपन्देहीबाट इ-ड्राइभ सेवा सुरु गरिएको जानकारी दिए । उनले आगामी दिनमा यो सेवा देशभर विस्तार गर्ने योजना रहेको पनि उल्लेख गरे ।
हाल इ-ड्राइभ लुम्बिनी करीब ७ करोड रुपैयाँ भन्दा बढीको लगानीमा सञ्चालनमा रहेको छ ।