सार्वजनिक खरिद ऐन उल्लङ्घनमा ९ निर्माण कम्पनी कालोसूचीमा

बिहीबार, माघ २२, २०८२

काठमाडौं । सार्वजनिक खरिद ऐन उल्लङ्घन गरेको ठहर भएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

Honor x5c

विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा कार्यालयले निर्णय गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) अनुसार कारबाही गरेको जनाएको छ।

कालोसूचीमा परेका कम्पनीहरूमा ग्रीन वर्ल्ड कन्स्ट्रक्सन प्रालि, आर्कटिक कन्स्ट्रक्सन प्रालि, श्रीओम अटो ल्युब प्रालि, कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि तथा अग्रिम )लङभिजन–धनलक्ष्मी जेभी) लगायत रहेका छन्।

कार्यालयले आज सार्वजनिक गरेको सूचनाअनुसार कालोसूचीमा समावेश भएका यी व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिसम्म देशभरका कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागिता जनाउन पाउने छैनन्।

कार्यालयले सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता र जवाफदेहिता कायम गर्न यस्ता कारबाहीलाई निरन्तरता दिइने पनि जनाएको छ।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  ०८:३४
प्रतिक्रिया दिनुहोस्