HONOR X9d नेपालमा सार्वजनिक, प्रि-बुकिङ अफरमा कार जित्ने अवसर

शनिबार, माघ १०, २०८२

काठमाडौं । अनरले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन अनर एक्स नाइन डी (HONOR X9d ) लन्च गरेको छ। शुक्रबार ललितपुरस्थित दि वन्डरल्याण्डमा गरिएको एक कार्यक्रमकाबीच अनरले Honor X9d लन्च गर्दै औपचारिक सुरुवात गरेको हो।

शक्तिशाली प्रदर्शन, उच्च टिकाउपन र अत्याधुनिक प्रविधिसहित सार्वजनिक गरिएको यो स्मार्टफोन आधुनिक प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले जनाएको छ।

अनर एक्स नाइन डी (HONOR X9d) मा २.५ मिटर ड्रप रेसिस्टेन्स, उद्योगमै अग्रणी IP69K रेटिङ, लामो समय टिक्ने 8300mAh ब्याट्री तथा 108 मेगापिक्सेलको हाई–रेजोलुसन क्यामेरा जस्ता प्रिमियम विशेषता समावेश छन्। यी सुविधाले मध्यम–स्तरका स्मार्टफोनमा नयाँ मापदण्ड स्थापित गर्ने अनरको दाबी छ।

यो स्मार्टफोन नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध हुनेछ।

8GB RAM + 256GB स्टोरेजको मूल्य रु. 54,999

12GB RAM + 256GB स्टोरेजको मूल्य रु. 59,999

ग्राहकहरूका लागि HONOR ले विशेष प्रि-बुकिङ अफर पनि ल्याएको छ। प्रि-बुकिङ अवधि जनवरी 23 देखि जनवरी 28, 2026 सम्म रहनेछ। यस अवधिमा बुकिङ गर्ने ग्राहकहरूले रु. 15,999 बराबरको १ वर्षे सेवा प्याकेज प्राप्त गर्नेछन्, जसमा रु. 20,000 सम्मको स्क्रिन रिप्लेसमेन्ट, ब्याक रिप्लेसमेन्ट तथा वाटर ड्यामेज मर्मत सुविधा समावेश छ।

यससँगै, प्रि-बुकिङ गर्ने ग्राहकहरूमध्ये एक जना भाग्यशाली विजेताले रु. 58,99,999 मूल्यको सबै नयाँ दीपल S05 कार जित्ने अवसरसमेत पाउनेछन्, जसले यो अभियानलाई थप आकर्षक बनाएको छ।

HONOR X9d प्रि-बुक गर्न इच्छुक ग्राहकहरूले आफ्नो नजिकको HONOR आधिकारिक आउटलेट वा स्टोरमा गई बुकिङ गर्न सक्नेछन्।

अधिक जानकारीका लागि:

🔹 Facebook: honornepall

🔹 Instagram: honor_nepal

🔹 Website: honor.com/np

सम्पर्क:

📧 [email protected]

📞 +977 9801150036

 

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  ०९:१६
प्रतिक्रिया दिनुहोस्