सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । सिद्धार्थ विद्या सदन स्कुलले १०१ जना विद्यार्थीको भर्ना तथा रजिस्ट्रेसन गरेको छ। सरस्वती पूजाको दिन आज बालबालिकाहरुलाई अक्षरारम्भ गराइएको छ ।
विद्यालयका सहायक प्रिन्सिपल प्रविण गिरीका अनुसार आफ्ना सन्तानलाई विद्यालय पुर्याएर अक्षर चिनाउने कार्यमा अभिभावकहरुको उत्साहप्रद सहभागिता थियो । नेपालगञ्ज(६ फुल्टेक्रास्थित सिद्धार्थमा कक्षा नर्सरीदेखि १२ सम्म अध्यापन गराइन्छ ।
सरस्वतीलाई विद्या र बुद्धिकी अधिष्ठात्री देवी मानिने भएकाले आजको दिन विद्यालय नगएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन रहँदै आएको छ । अक्षरारम्भ गरेमा बालबालिकामा ज्ञान र विवेकको विकास हुने जनविश्वास छ । आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी देशभर श्रद्धा र भक्तिपूर्वक मनाएको छ । हिन्दु धर्मावलम्बीहरूले विद्याकी देवी सरस्वतीको पूजा–आराधना गर्दै यस पर्वलाई विशेष उत्सवका रूपमा मनाएका छन् ।
सूर्य उत्तरायणतर्फ लाग्ने र वसन्त ऋतुको सुरुवात हुने विश्वासका कारण यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । विद्या, कला र सिर्जनाको प्रतिक मानिने सरस्वती देवीको पूजा विशेष गरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार तथा पत्रकारहरूले गर्ने परम्परा छ ।
आज कलम, कापी, पुस्तक, वाद्ययन्त्र लगायत शैक्षिक तथा सिर्जनात्मक सामग्रीलाई देवी सरस्वतीको प्रतिक मानी पूजा गरिएको छ ।