सरस्वती पूजासँगै प्रभात मेमोरियल र सिद्दार्थ विद्या सदनमा अक्षरारम्भ

शुक्रबार, माघ ९, २०८२
Honor 600 pro

काठमाडौँ । आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। हिन्दु धर्मावलम्बीहरूले विद्याकी देवी सरस्वतीको पूजा–आराधना गर्दै यस पर्वलाई विशेष उत्सवका रूपमा मनाएका छन्।

सूर्य उत्तरायणतर्फ लाग्ने र वसन्त ऋतुको सुरुवात हुने विश्वासका कारण यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ। विद्या, कला र सिर्जनाको प्रतीक मानिने सरस्वती देवीको पूजा विशेष गरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार तथा पत्रकारहरूले गर्ने परम्परा छ। आज कलम, कापी, पुस्तक, वाद्ययन्त्रलगायत शैक्षिक तथा सिर्जनात्मक सामग्रीलाई देवी सरस्वतीको प्रतीक मानी पूजा गरिएको छ।

सरस्वतीलाई विद्या र बुद्धिकी अधिष्ठात्री देवी मानिने भएकाले आजको दिन विद्यालय नगएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन रहँदै आएको छ। अक्षरारम्भ गरेमा बालबालिकामा ज्ञान र विवेकको विकास हुने जनविश्वास छ।

यसै अवसरमा नेपालगन्जका प्रभात मेमोरियल स्कुल, सिदार्थ विद्या सदन लगायतका विद्यालयहरूमा बालबालिकालाई अक्षरारम्भ गराइँदैछ। अभिभावकहरू आफ्ना सन्तानलाई विद्यालय पुर्‍याएर अक्षर चिनाउने कार्यक्रममा सहभागी भएका छन्।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्