सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपाले नयाँलाई मौका दिएको छ । क्षेत्र नम्बर १ मा नरेन्द्र पाण्डे (जेम्स), क्षेत्र नम्बर २ मा दिपेन्द्र विष्ट र क्षेत्र नम्बर ३ मा दीपक जिएमलाई उम्मेदवार बनाइएको छ ।
नरेन्द्र नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुन । पार्टी एकीकरण अघि उनी नेकपा माओवादी केन्द्रको जिल्ला संयोजक थिए । बिष्ट नेपाली कम्युनिष्ट पार्टीको लुम्बिनी प्रदेश सचिवालय सदस्य हुन् ।
जिएम नेकपाका केन्द्रीय सदस्य हुन् । एमालेमा रहँदा युवा संघबाट राजनीति गरेका जिएम पार्टी एकीकरण अघि भने नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष थिए । तीनै जना युवा उम्मेदवार हुन् ।