सेल्ट्रोन नेपालद्वारा उत्कृष्ट रिटेल साझेदारलाई सम्मान: पुरस्करस्वरुप भेस्पा र अप्रिला स्कुटर

शुक्रबार, माघ २, २०८२

काठमाडौं । नेपालमा अनर एआई (Honor AI) उपकरणहरूको अधिकृत वितरक सेल्ट्रोन नेपाल प्रा.लि. ले दशै -तिहाइ स्किम अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने रिटेल साझेदारहरूलाई भेस्पा र अप्रिला स्कुटर पुरस्कार प्रदान गरेको छ। सो अवसरमा बुटवलस्थित  हायात होटेलमा विशेष सम्मान कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा देशभरका ३० भन्दा बढी रिटेल साझेदारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। दशै- तिहारको अवधिमा उत्कृष्ट बिक्री तथा प्रदर्शन गर्ने रिटेल साझेदारहरूलाई सम्मान गर्दै कम्पनीले उनीहरूको योगदानको कदर गरेको जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै  अनर नेपालका कन्ट्री हेड मिस्टर डेभिडले रिटेल साझेदारहरूको निरन्तर साथ र विश्वासप्रति आभार व्यक्त गरेका थिए। उनले नेपाली बजारमा अत्याधुनिक एआई प्रविधियुक्त अनरका उत्पादनहरू भित्र्याउने तथा रिटेल केन्द्रित योजना र प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोही अवसरमा इफेक्स नेपाल( Efix Nepal) (अनर उपकरणका अधिकृत सेवा प्रदायक) का सेवा प्रमुख बिकास कुमार गोयलले बुटवलको सिंह कम्प्लेक्स, अमरपथमा नयाँ अमर शो–रूम तथा सेवा केन्द्र चाँडै सञ्चालनमा आउने जानकारी साझा गरेका छन् । यसले बुटवल तथा आसपासका ग्राहकहरूलाई थप सहज सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

कार्यक्रममा सेल्ट्रोन नेपालका प्रमुख कार्यकारी अधिकृत राहुल राठीले वितरकहरू इबेरी होल्डिंक्स र जलबिनायक ट्रेड लिंक्ससहित सम्पूर्ण रिटेल साझेदारहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका हुन् ।

उनले आगामी दिनमा पनि साझेदारी तथा वितरण सञ्जाललाई अझ मजबुत बनाउँदै नेपाली बजारमा अनर ब्रान्डलाई थप विस्तार गर्ने कम्पनीको योजना रहेको बताए।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्