सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका विद्यालयमा जाडो बिदा दिइएको छ । शीतलहर चलेसंगै अत्यधिक चिसो बढेपछि आइतबारदेखि जाडो बिदा दिइएको शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले जानकारी दिए ।
चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि नगरका सबै विद्यालयमा सार्वजनिक बिदा दिइएको थापाले बताए ।
नेपालगन्ज उपमहानगरपालिकाले आज सूचनामार्फत पुस ११ गतेदेखि १४ गतेसम्म जाडो विदा दिएको जनाएको छ । पुस लागेसंगै बाक्लो कुहिरो र शीतलहरले नेपालगन्जको जनजीवन प्रभावित भएको छ ।
खजुरा गाउँपालिकाले पनि बुधबारदेखि जाडो बिदा दिएको जनाएको छ ।