सशस्त्र प्रहरीमा ठुलो संख्यामा भर्ना आह्वान (सूचनासहित)

शुक्रबार, पुस ४, २०८२
honor mob  winter sales

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ठुलो संख्यामा इन्स्पेक्टर र असईका लागि भर्ना आह्वान गरेको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै साधारण उपसमुहको इन्स्पेक्टरमा ५१ र असईमा १३१ जनाका लागि भर्ना आह्वान गरेको हो।

Honor x7 pad

त्यसैगरी सशस्त्र प्रहरीले कानुन उपसमुहतर्फको इन्स्पेक्टरमा ७, लेखा उपसमुहतर्फको इन्स्पेक्टरमा १३ जनाका लागि भर्ना आह्वान गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सशस्त्र प्रहरीले प्राविधिकतर्फको चिकित्सकका लागि ८ इन्स्पेक्टर र स्टाफ नर्सका ९ जना सईका लागि भर्ना आह्वान गरेको जनाएको छ।

यस्तो सूचना-

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्