रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतले दियो आदेश

बिहीबार, पुस ३, २०८२
Honor 600 pro

बुटवल । सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न तुलसीपुर उच्च अदालत, बुटवल इजलासले आदेश दिएको छ।

मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको संयुक्त इजलासले बिगो बराबर २ करोड ६८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको हो।

अदालतले रविले आफ्नो दायित्व बराबरको बिगो राख्न तयार रहेको भनी निवेदन दिएको देखिएको उल्लेख गर्दै यसअघि पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गरेको छ। सोही आधारमा उनलाई धरौटीमा छाड्ने निर्णय गरिएको अदालतले जनाएको छ।

अदालतको आदेशअनुसार तोकिएको धरौटी रकम बुझाएपछि रवि लामिछाने कारागारबाट रिहा हुने छन्। आदेश सार्वजनिक भएसँगै उनको रिहाइको प्रक्रिया अघि बढेको छ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १८:४९
प्रतिक्रिया दिनुहोस्