खाजासहित मानव सेवा आश्रममा प्रभात मेमोरियल हाईस्कुलको सामाजिक भ्रमण

बिहीबार, पुस ३, २०८२
honor mob  winter sales

बाँके । नेपालगन्जस्थित प्रभात मेमोरियल हाई स्कुलले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै मानव सेवा आश्रम, नेपालगन्जमा प्रेरणादायी सामाजिक भ्रमण कार्यक्रम सम्पन्न गरेको छ।

Honor x7 pad

विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रममा आश्रममा आश्रित व्यक्तिहरूका लागि खाजा–नास्ताको व्यवस्था गर्नुका साथै आत्मीय भेटघाट गरिएको थियो। यस्ता गतिविधिमार्फत विद्यार्थीहरूमा मानवता, सहानुभूति, सहयोग र सामाजिक चेतनाको विकास गर्ने उद्देश्य रहेको विद्यालय प्रशासनले जनाएको छ।

कार्यक्रममा विशेष आकर्षणका रूपमा कक्षा अध्ययनरत ६ वर्षीय विद्यार्थी अभिनव चौधरीले आफूले तयार पारेको “ग्रीन इन्भाइरमेन्ट, बेटर लाइफ” शीर्षकको वातावरणीय प्रोजेक्ट प्रस्तुत गरे। उनले वातावरण संरक्षणको सन्देश फैलाउँदै आश्रममा आश्रित सबैलाई आफ्नै पहलमा बिरुवा वितरण गरेका थिए।

सानो उमेरमै सामाजिक सेवा र वातावरण संरक्षणप्रति देखाएको अभिनवको सचेतना र सक्रियताले उपस्थित सबैलाई प्रभावित र प्रेरित बनाएको विद्यालयले जनाएको छ।

विद्यालयले भविष्यमा पनि यस्ता सामाजिक तथा सिर्जनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिँदै विद्यार्थीहरूलाई जिम्मेवार र संवेदनशील नागरिकका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्