बाँकेमा सशस्त्र प्रहरीको आक्रामक कारबाही, ११ करोड ३५ लाख बढीको अवैध सामान नियन्त्रण

बिहीबार, पुस ३, २०८२
honor mob  winter sales

बाँके  । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) शोभाकान्त खनालको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण, बागेश्वरी बाँकेले सीमा सुरक्षा, अपराध नियन्त्रण तथा नागरिक सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ। विशेषगरी सीमा अपराध र अवैध तस्करीविरुद्ध आक्रामक रूपमा परिचालन हुँदा उल्लेखनीय सफलता हासिल भएको देखिएको छ।

Honor x7 pad

सशस्त्र प्रहरी बल नं. ३० गण बाँकेका अनुसार गत फागुनदेखि  मंसिर मसान्तसम्म जिल्लाभरमा गरिएका कारबाहीमा ११ करोड ३५ लाख ६७ हजार ३६ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ। सीमावर्ती क्षेत्रमा हुने तस्करी, अवैध ओसारपसार तथा आपराधिक गतिविधि नियन्त्रणमा कडाइ गरिएको जनाइएको छ। बरामद सामानको परिमाण अघिल्लो आर्थिक वर्षको तुलनामा बढी रहेको छ।

यस अवधिमा लागुऔषधविरुद्ध गरिएको १५ वटा कारबाहीमा ४३ जना पक्राउ परेका छन्। सीमा सुरक्षाअन्तर्गत १७३ पटक एकल गस्ती तथा २७४ पटक भारतीय सीमा सुरक्षा बलसँग संयुक्त गस्ती सञ्चालन गरिएको जानकारी दिइएको छ। साथै सीमा स्तम्भको सुरक्षाका लागि नियमित रूपमा एकल र संयुक्त गस्ती हुँदै आएका छन्।

मानव बेचबिखनविरुद्ध ३३ वटा कारबाही गर्दा उद्धार तथा नियन्त्रणमा २७ जना परेका छन्। त्यसैगरी विपद् व्यवस्थापनतर्फ २७ पटक उद्धार तथा राहत कार्य गरिएको छ भने सीमावर्ती क्षेत्रका नागरिकलाई लक्षित गर्दै ४५ पटक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

‘सशस्त्र प्रहरीसँग सीमावासी’ कार्यक्रमसहित सीमा अपराध नियन्त्रणसम्बन्धी विशेष कार्यक्रमहरू पनि सञ्चालन गरिएको छन्। एसपी शोभाकान्त खनालको नेतृत्वमा सशस्त्र प्रहरी बल नं. ३० गण बाँकेले सीमा सुरक्षालाई थप सुदृढ बनाउँदै अपराध नियन्त्रण, मानव सुरक्षा तथा जनविश्वास अभिवृद्धिमा निरन्तर सक्रियता बढाउँदै गएको स्थानीय सरोकारवालाले बताएका छन्।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्