इन्टरनेट आजको जीवनको अपरिहार्य हिस्सा बनिसकेको छ : प्रदीप पौडेल

मंगलबार, पुस १, २०८२
honor mob  winter sales

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले इन्टरनेट बिना आधुनिक जीवन सम्भव नहुने अवस्था आइसकेको बताएका छन् । मंगलवार काठमाडौंमा सम्पन्न डिजिटल राइट्स कन्फ्रेन्समा बोल्दै उनले डिजिटल प्रविधि मानिसको दैनिक जीवनसँग गहिरो रूपमा जोडिएको उल्लेख गरे ।

Honor x7 pad

डिजिटल अधिकार लोकतन्त्रको महत्वपूर्ण आधार भएको बताउँदै उनले यसलाई मानव अधिकारकै अंगका रूपमा हेर्नुपर्ने धारणा राखे । सामाजिक सञ्जाल र इन्टरनेट आज अक्सिजन सरह भइसकेको भए पनि यसको प्रयोग र व्यवस्थापन अझै व्यवस्थित हुन नसकेको उनको भनाइ थियो ।

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु लोकतान्त्रिक अभ्यास नभएको स्पष्ट पार्दै उनले डिजिटल राइट्सको विषय नेपाली कांग्रेसको विचार, मूल्य र लोकतान्त्रिक सिद्धान्तसँग मेल खाने विषय भएको बताए ।

नेता पौडेलले सामाजिक सञ्जाल सम्बन्धी विषयमा आफ्नो असहमति राखेकै कारण पदबाट राजीनामा दिएको स्मरण गराउँदै डिजिटल प्लेटफर्मलाई जिम्मेवार र सन्तुलित ढंगले व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १४:४६
प्रतिक्रिया दिनुहोस्