अनर नेपालका आकर्षक ‘विन्टर अफर’ सार्वजनिक, स्मार्टफोनसँग विशेष उपहार

आइतबार, मंसिर २८, २०८२
honor mob  winter sales

काठमाडौँ । अनर नेपालले जाडो मौसमलाई अझै रोमाञ्चक बनाउने उद्देश्यसहित ‘विन्टर डिल्स’ सार्वजनिक गरेको छ। अनरले डिसेम्बर १० देखि जनवरी १० सम्म लागू हुने गरी यी विन्टर अफरहरू घोषणा गरेको हो। एक महिनासम्म चल्ने यस विशेष अफरमा अनरका चर्चित स्मार्टफोनहरूमा उत्कृष्ट मूल्य, आकर्षक अफर र विशेष निःशुल्क उपहारहरू उपलब्ध गराइनेछ, जसले प्रविधि अपग्रेड गर्ने उपयुक्त अवसर प्रदान गर्नेछ।

Honor x7 pad

जाडो किनमेललाई अझ न्यानो बनाउने उद्देश्यले तयार गरिएको अनरका विन्टर डिल्सअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने स्मार्टफोनहरूसँग कुनै अतिरिक्त शुल्क नलिई प्रिमियम एक्सेसरिजहरू बन्डल गरिएको छ। शक्ति, स्टाइल, मजबुती वा मनोरञ्जनमध्ये जुनसुकै खोजीमा हुनुहुन्छ, यी अफरहरूले भुक्तानीभन्दा बढी मूल्य सुनिश्चित गर्ने अनरले जनाएको छ।

अनरका ग्राहकहरूले विभिन्न मोडलहरूमा आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन्।

अनर X8c खरिद गर्दा प्रयोगकर्तालाई यात्राका क्रममा सहज प्रयोगका लागि उपयुक्त Scykei GT निःशुल्क प्रदान गरिनेछ। त्यस्तै स्टाइलिस HONOR 400 lite सँग निःशुल्क HONOR X7 lite उपलब्ध हुनेछ, जसले दैनिक प्रयोगलाई अझ सहज बनाउनेछ।

यसैगरी  प्रत्येक HONOR X9c खरिदमा X7e Active प्राप्त हुनेछ, जसले उत्पादनशीलता र मनोरञ्जन दुवै बढाउनेछ। HONOR 400 प्रो प्रिमियम Choice Headphone उपलब्ध गराइनेछ, जसले उत्कृष्ट ध्वनि अनुभव प्रदान गर्नेछ।

त्यसैगरी शक्तिशाली HONOR 400 Pro सँग Choice Clip उपलब्ध हुनेछ, जसले यसलाई आधुनिक प्रयोगकर्ताका लागि पूर्ण प्याकेज बनाउनेछ।

सीमित समयका लागि उपलब्ध यी अफरहरू जाडो मौसमलाई अझ स्मार्ट, स्टाइलिस र लाभदायक बनाउने उद्देश्यले ल्याइएको अनरले जनाएको छ। आफन्तलाई उपहार दिन वा आफैंका लागि स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि अनरले प्रत्येक खरिदमा अधिकतम फाइदा सुनिश्चित गर्ने बताएको छ।

अनरका विन्टर डिल्स नेपालभरका सबै आधिकारिक अनर रिटेलरहरू तथा अनलाइन प्लेटफर्महरूमा डिसेम्बर १०, २०२५ देखि जनवरी १०, २०२६ सम्म उपलब्ध रहनेछन्।

यस जाडोलाई अविस्मरणीय बनाउनुहोस्, अनरमा अपग्रेड गर्नुहोस् र अफर सकिनुअघि विशेष उपहारहरूको मजा लिन सकिने अनर नेपालले जनाएको छ।

वेबसाइटहरू :

https://www.honor.com/np/

https://www.instagram.com/honor_nepal/

https://www.facebook.com/honornepall

सम्पर्क इमेल : [email protected]

सम्पर्क नम्बर : +977 9801150036

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्