प्रभात मेमोरियलका कक्षा ११ का विद्यार्थीको भब्य स्वागत

बिहीबार, मंसिर २५, २०८२

नेपालगन्ज । प्रभात मेमोरियल हाइस्कुलले कक्षा ११ का विद्यार्थीलाई भब्य स्वागत गरेको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले उनीहरूलाई स्वागत गरेका हुन् । कक्षा १२ का विद्यार्थी प्रभात यादवको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले टीका र खादा लगाएर स्वागत गरेका थिए ।

Honor x7 pad

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल गौरव गिरीले अनुशासन, समयको पालना र मेहनत विद्यार्थीको गहना भएकाले इमान्दारीपूर्वक आफ्नो भूमिका निभाउन आग्रह गरे । 

कक्षा १२ की छात्रा अमृता साहुले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विद्यालयका संचालक सदस्य एवम् पूर्व प्रिन्सिपल विक्रम राज विष्ट, अंग्रेजी शिक्षक किरण सुवेदीले विद्यार्थीलाई स्वागत गर्दै शैक्षिक प्रगतिको शुभकामना दिएका थिए ।

कक्षा ११ र १२ की इन्चार्ज नेपाली शिक्षक यमका सुवेदीले कार्यक्रम संचालन गरेकी थिइन् । त्यस अवसरमा विद्यार्थीहरुले नाचगान गरी रमाइलो समेत गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्