दाङ क्षेत्र नं ३ मा प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि दर्जनौंको नाम सिफारिस

बुधबार, मंसिर २४, २०८२

काठमाडौं । नेपाली कांग्रेस दाङ क्षेत्र नं.३ ले पनि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारको लागि पाँच जनाको नाम केन्द्रमा सिफारिस गरि पठाएको छ ।त्यस्तै प्रतिनिधि सभा (समानुपातिक तर्फ) संविधान सभा सदस्य बुद्धिराम भण्डारीसहित १३ जना र माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदका लागि केन्द्रीय सदस्य गेहेन्द्र गिरीसहित आठ जनाको नाम सिफारिस गरिएको छ ।

Honor x7 pad

राष्ट्रिय सभाको अन्तिम ८औं नम्मरमा पत्रकार तथा सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष अर्जुन गिरीको नामपनि सिफारिस गरिएको छ ।

क्षेत्रीय सभापति जगतबहादुर खड्काको अध्यक्षमा बुधबार क्षेत्रीय पार्टी कार्यालय तुलसीपुरमा बसेको बैठकले केन्द्रीय सदस्य तथा बिघठित प्रतिनिधिसभा सदस्य दीपक गिरीको नाम एक नम्बरमा सिफारिस गरि पठाएको छ ।

केन्द्रीय सदस्य गिरी पछि क्रमश हाल जिल्ला पार्टी सभापति शंकरप्रशाद डाँगी, निवर्तमान सभापति कीर्तिबहादुर खड्का, केशवराज आचार्य र राजेन्द्र धितालसहित पाँच जनाको नाम केन्द्रमा सिफारिस गरि पठाइएको छ ।

त्यस्तै प्रतिनिधि सभा (समानुपातिक तर्फ)

१– बुद्धिराम भण्डारी – संविधान सभा सदस्य

२– भरत केसी – पूर्व महासमिति सदस्य

३ – महादेव शाह – पूर्व महासमिति सदस्य

४– कमानसिंह डाँगी – महाधिवेशन प्रतिनिधि

५ – यमप्रशाद पाण्डे – नेता

६ – मदन रसिक – पूर्व क्षेत्रीय सभापति

७– देविका नेपाली – महाधिवेशन प्रतिनिधि

८– मिथिला शाह – महाधिवेशन प्रतिनिधि

९– चित्रा गिरी – महाधिवेशन प्रतिनिधि

१०–केउलापति चौधरी – महाधिवेशन प्रतिनिधि

११ – घनश्याम सुनार सेर्पाली – पूर्व महाधिवेशन प्रतिनिधि

१२ – चेतबहादुर सेर्पाली – पूर्व महाधिवेशन प्रतिनिधि

१३ – यादव चौधरी – क्षेत्रीय अध्यक्ष थारु संघ

राष्ट्रिय सभा तर्फ

१– गेहेन्द्र गिरी – केन्द्रीय सदस्य

२– जगतबहादुर खड्का – क्षेत्रीय सभापति

३ –शंकर गिरी – महाधिवेशन प्रतिनिधि

४ – जोगेन्द विश्वकर्मा – महाधिवेशन प्रतिनिधि

५ – देवा डाँगी – महाधिवेशन प्रतिनिधि

६ – कृष्णकुमार गिरी – महाधिवेशन प्रतिनिधि

७– गणेशबहादुर खत्री – महाधिवेशन प्रतिनिधि

८–अर्जुन गिरी – सामुदायिक रेडियो प्रशारक संघ (अकोर्‍याव) अध्यक्ष

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  २०:५२
प्रतिक्रिया दिनुहोस्