नौमुलेमा छोरीले गरिन आफ्नै बुवाको हत्या,तिर्सना पक्राउ

मंगलबार, मंसिर २३, २०८२
Honor 600 pro

दैलेख । दैलेखमा आफ्नै बुवाको हत्या आरोपमा प्रहरीले छोरीलाई पक्राउ गरेको छ।

दैलेखको नौमुले गाउँपालिकामा–५ गजमालीकी २७ वर्षीया तिर्सना रामजाली मगरलाई  आफ्नै ६५ वर्षीय बुबा धनबहादुर रामजालीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो।

तिर्सनाको चिरपट प्रहारबाट गम्भीर घाइते भएका धनबहादुरलाई इलाका प्रहरी कार्यालय नौमुलेबाट गएको टोलीले उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रहरीले तिर्सनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्