राप्रपा मधेस सांसद कञ्चन विच्छा पदमुक्त

शुक्रबार, मंसिर १९, २०८२
Honor 600 pro

काठमान्डौ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेसकी सांसद कञ्चन विच्छाको पद खोसिएको छ।

मधेस प्रदेश सभाले शुक्रबार सूचना जारी गर्दै उनी प्रदेश सभा सदस्यबाट हटाइएकी छिन्।

विच्छा राप्रपाबाट महिलातर्फ समानुपातिक प्रणालीमार्फत प्रदेश सभा सदस्य बनेकी थिइन्। पार्टीको नीति विपरीत गएर अनुशासन उल्लंघन गरेको ठहर गर्दै राप्रपा केन्द्रीय कार्य सम्पादन समितिले उनलाई ६ महिनाका लागि साधारण सदस्यबाट निष्कासन गर्ने तथा प्रदेश सभा सदस्यबाट फिर्ता गर्ने निर्णय गरेको थियो।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ अनुसार उनलाई प्रदेश सभा सदस्य पदबाट हटाइएको जारी सूचनामा उल्लेख गरिएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्