आज बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै

शुक्रबार, मंसिर १९, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न आज अपराह्न ४ बजे बालुवाटारमा सर्वपक्षीय बैठक बोलाएकी छन्।

बैठकमा राजनीतिक दलका प्रतिनिधि, जेनजी, सुरक्षा निकायका अधिकारी तथा निर्वाचन आयोगलाई सहभागी हुन आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारले फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरिसकेको छ, र त्यसका लागि आवश्यक तयारी तथा वातावरण निर्माणमा प्रधानमन्त्री कार्की सक्रिय रूपमा जुटेकी छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १०:१८
प्रतिक्रिया दिनुहोस्