भारतबाट ल्याउँदै गरेको लाख बढी नक्कली नोटसहित तीन युवक सशस्त्र प्रहरीको नियन्त्रणमा

बुधबार, मंसिर १७, २०८२

काठमाडौं ।  सशस्त्र प्रहरीले १ हजार दरको ११७ वटा नक्कली नोटसहित एक भारतीय तीन युवकलाई पक्राउ गरेको छ।सशस्त्र प्रहरीले रौतहटको ईशनाथ नगरपालिका–४ लतमरीबाट भारतबाट नेपाल प्रवेश गर्ने क्रममा तीन युवकलाई नक्कली नोटसहित पक्राउ गरेको हो।

रौतहटस्थित बिओपी  औरैयाबाट खटिएको टोलीले भारतीय नम्बर प्लेट विआर ०५ ए टि ०९८३  रहेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा १ हजार दरका ११७ वटा  नक्कली  नेपाली नोटसहित तीन युवकलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार  देवाही गोनाही नगरपालिका-४ का २० वर्षीय गोनालाल राउत, सोही स्थानका २० वर्षीय अजय पटेल, र भारत, बिहार जिल्ला पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायत-२ का  २३ वर्षीय जय प्रकाश कुमार रहेका छन् । 

सशस्त्र प्रहरीले बरामद गरेको सबै नक्कली नोट, मोटरसाइकलसहित पक्राउ  परेकाहरुलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्