दुई सचिवको सरुवा हुँदा एकजना सचिवको पदस्थापन

मंगलबार, मंसिर १६, २०८२

काठमाडौँ । सरकारले दुई जना सचिवको सरुवा गर्दै अर्का एक जना सचिवलाई नयाँ जिम्मेवारीमा दिएको  छ।

Honor x5c

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द निरौलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा स्थानान्तरण गर्ने निर्णय गरेको हो। त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत सचिव हरिकुमार मैनालीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ।

यसैगरी, सहसचिव बैकुण्ठ प्रसाद अर्याललाई सचिव पदमा उकास्दै सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिवको रूपमा पदस्थापन गरिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १०:५२
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह