गर्भपतन गराउने औषधि खाएर महिलाको मृत्यु, क्लिनिक सन्चालक पक्राउ

शुक्रबार, साउन २६, २०८०
honor mob  winter sales

कैलाली । गर्भपतन गराउने औषधि खाएर महिलाको मृत्यु भएपछि प्रहरीले क्लिनिक सन्चालकलाई पक्राउ गरेको छ।

Honor x7 pad

धनगढी-१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको  धनगढीस्थित अस्पताल लाइनम रहेको मेरी स्टोप  क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खादाँ अत्यधिक रक्तश्राव भएर मृत्यु भएपछि क्लिनिक सन्चालक गोदावरी-२ बस्ने २५ वर्षीय विनोद जोशीलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ।

गर्भपतन हराउने औषधि खाएर अत्याधिक रक्तश्राव भएपछि उपचारका क्रममा थापाको सेती प्रादेशिक अस्पतालमा   उपचारका मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटना बिहिवारको हो। महिलाको मृत्युु भएपछि फरार रहेको जोशीलाई प्रहरीले हिजै पक्राउ गरेको जनाएको छ।

प्रहरीले जोशीसँग थप अनुसनधान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्