पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा

बिहीबार, मंसिर ११, २०८२

काठमाडौँ — उच्च अदालत पाटनले भेपमा सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

Honor x5c

न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलाशले यस निर्णय सुनाएको हो। जिल्ला अदालत काठमाडौँले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गद्वारा भेपमा लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा महराविरुद्ध अनुसन्धान गरेको थियो।

महराले आफूलाई उक्त प्रकरणमा लगानी वा संलग्नता नभएको बताएका छन्। यसबीच, सरकारी वकिलले उनलाई सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गत ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेका थिए।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह