चुनावका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

बुधबार, मंसिर १०, २०८२
Honor 600 pro

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य चुनावका लागि दल दर्ता गर्न आह्वान गरेअनुसार आज अन्तिम दिन रहेको छ।आयोगले मङ्सिर १ गतेदेखि आज मङ्सिर १० गतेसम्मका लागि दल दर्ताको समय तोकेको हो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हिजोसम्म दर्ता भएका दलहरूको सङ्ख्या ८० वटा पुगेको छ। दल दर्ताको अवधि सकिनु एक दिनअघि हिजो एमालेले पनि चुनाव प्रयोजनका लागि दल दर्ता गराएको छ।

चुनाव प्रयोजनका लागि दर्ता भएका कांग्रेस, एमालेसहित यी ८० दलहरूले आउँदो फागुन २१ का लागि तोकिएको चुनावमा भाग लिन पाउनेछन्। प्रवक्ता भट्टराईका अनुसार हाल आयोगमा दर्ता कायम रहेका दलको संख्या एक सय ५४ पुगेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  ०९:२४
प्रतिक्रिया दिनुहोस्