ईश्वर पोखरेलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा

मंगलबार, मंसिर ९, २०८२

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेका छन्।

Honor x5c

मंगलबार जारी गरेको विज्ञप्तिमा उनले पार्टी पुनर्गठन र रूपान्तरणका मागसहित देशभरका नेता–कार्यकर्ताबाट प्राप्त सुझावलाई मुख्य कारण ठानी अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेको उल्लेख गरेका छन्।

यसअघि बसेको सचिवालय बैठकमै पोखरेलले आफू नेतृत्व लिन इच्छुक रहेको संकेत गरेका थिए। मंगलबार उनले विज्ञप्तिमार्फत औपचारिक घोषणा गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सहयोगी भूमिका खेल्ने अपेक्षा प्रकट गरे।

एमालेको आगामी मंसिर अन्तिम सातामा निर्धारित ११औँ महाधिवेशनमा अध्यक्ष ओली पुनः नेतृत्व कायम राख्ने तयारीमा रहेको चर्चा बीच पोखरेलको उम्मेदवारी सार्वजनिक भएको हो। तेस्रो कार्यकाल सुनिश्चित गर्न ओलीले विधान संशोधन गरिसकेका थिए।

तर जेनजी आन्दोलनपछि देशको राजनीतिक दिशा बदलिएको भन्दै ओलीले अब नेतृत्व हस्तान्तरण गर्नुपर्ने पछिल्लो समय पोखरेलको धारणा रहँदै आएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह