सरकारको ‘गैरजिम्मेवार निर्णय’ भन्दै जेनजी मुभमेन्टद्वारा प्रधानमन्त्री कार्कीको राजीनामा माग

सोमबार, मंसिर ८, २०८२

काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीलाई पदत्याग गर्न आग्रह गर्दै सरकारप्रति कडा असन्तुष्टि प्रकट गरेको छ। प्रधानमन्त्री कार्की नेतृत्वको क्याबिनेटले पछिल्ला दिनमा “गैरजिम्मेवार निर्णयहरू” गरेको आरोप लगाउँदै मुभमेन्टले सरकारले गल्ती स्वीकार नगरे विरोधका कार्यक्रम सुरू गर्ने चेतावनी दिएको हो।

Honor x5c

सोमबार सार्वजनिक गरिएको विज्ञप्तिमा मुभमेन्टले उर्जामन्त्री कुलमान घिसिङ आर्थिक अनियमितताको दायरामा परेको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा कम्पनीलाई अवैध किसिमले कर छुट दिएको तथा महान्यायाधिवक्ता सविता बराल भण्डारीले किशोरीहरूको डिम्ब बेचबिखनमा संलग्न व्यक्तिहरूलाई उन्मुक्ति दिएको दाबी गरेको छ। त्यस्तै, प्रधानमन्त्री कार्कीका स्वकीय सचिवले आफन्तलाई पदस्थापन गराएको र गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो काकालाई डीआइजी बनाउन सशस्त्र प्रहरीमा अतिरिक्त पद सिर्जना गरेर अधिकार दुरुपयोग गरेको आरोप पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

आन्दोलनले यस्ता कदमहरूले सुशासन, पारदर्शिता र जनहितका आदर्शमाथि प्रहार भएको बताएका छन्। “सहिद र घाइतेका बलिदानलाई बेवास्ता गर्दै सरकारले नैतिक धरातल गुमाएको छ,” विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री कार्कीले तत्काल राजीनामा दिनुपर्ने माग गर्दै मुभमेन्टले सरकारलाई “सत्ता कब्जा गरेर बनेको” भन्दै देशभर बहिष्कार र अवज्ञाको आह्वान गरेको छ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १३:४७
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह