दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

मंगलबार, मंसिर २, २०८२
Honor 600 pro

काठमाडौँ । गएराति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ४ दिनका लागि हिरासतमा राखी अनुसन्धान अघि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ।

सार्वजनिक शान्ति तथा सुरक्षाविरुद्धका गतिविधि गरेको आरोपमा उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रशासन कार्यालयमा आज पेश गरिएको थियो।

प्रशासनमा बुझाउने क्रममा प्रसाईँले आफूलाई कुन मुद्दामा पक्राउ गरिएको हो भन्ने स्पष्ट जानकारी नदिइएको दाबी गरेका थिए।

राजतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाको आन्दोलन घोषणा गर्दै आएका प्रसाईँलाई भड्काउने प्रकारका अभिव्यक्ति सार्वजनिक गरेको र त्यसले शान्ति–सुरक्षामा असर पारेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रसाईँको पक्राउविरुद्ध उनका समर्थकले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन पनि गरेका थिए।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्