दुर्गा प्रसाईं मध्यरातमा आफ्नै घरबाट पक्राउ

मंगलबार, मंसिर २, २०८२

काठमाडौँ । प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। प्रसाईंलाई सोमबार मध्यरातमा प्रहरीले भक्तपुरकै निजी निवासबाट पक्राउ गरेको जानकारी दिएको छ।हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति  दिएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।

Honor x5c

प्रसाईंलाई पक्राउ गरिएपछि  काठमाडौँ उपत्यकाभरि सुरक्षा निकायले निगरानी कडाइ गरेको उपत्यका प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।

उपत्यका प्रहरी कार्यालयले पक्राउ परेका प्रसाईंका समर्थकहरूले मंगलबार बिहानैदेखि विरोध कार्यक्रम ल्याउन सक्ने संकेत मिलेपछि सबै मातहतका इकाइहरूलाई रातिदेखिनै विशेष सतर्क रहन निर्देशन दिइसकेको जानकारी दिएको छ । प्रसाईंले

मंसिर ७ देखि देशव्यापी आन्दोलन सुरू गर्ने घोषणा गरेका थिए। प्रहरीले अशान्ति सिर्जना हुनसक्ने अवस्था देखिएकाले। प्रसाईंलाई नियन्त्रणमा लिइएको जनाएको छ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  ०६:३५
प्रतिक्रिया दिनुहोस्