सीमा सुरक्षालाई थप मजबुत बनाउन सशस्त्र प्रहरी र एसएसबीबीच समझदारी

आइतबार, कात्तिक ३०, २०८२
honor mob  winter sales

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच संयुक्त सीमा गस्ती र नेपाल-भारत सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी एसएसबीच समझ्दारी भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र भारतको सशस्त्र सीमा बल ९एसएसबी० का महानिर्देशक संजय सिङ्घल नेतृत्वको भारतीय प्रतिनिधिमण्डलबीचको द्विपक्षीय नवौँ समन्वयात्मक बैठकमा सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार नियन्त्रणलगायत बारेमा छलफल भएको थियो ।

यस्तै सीमा क्षेत्रमा हुने अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, अवैध आवतजावत नियन्त्रण, सूचना तथा तालिम आदानप्रदान गर्नेबारेमा विचारविमर्श भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

यही कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा सञ्चालित सो बैठकमा गत मङ्सिरमा काठमाडौँमा सम्पन्न आठौँ समन्वयात्मक बैठकबाट पारित एजेण्डा कार्यान्वयको विषयमा समीक्षा भएको थियो ।

बैठकबाट पारित साझा धारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र आगामी रणनीतिका विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्