टेलिकमको बक्यौता ३ महिनाभित्र तिरे जरिवाना नलाग्ने

आइतबार, कात्तिक ३०, २०८२
Honor 600 pro

काठमाडौं । नेपाल टेलिकमले ३ महिनाभित्र दूरसञ्चार सेवा उपभोग गरेबापतको बक्यौता रकम  तिरे जरिवाना नलाग्ने जानकारी दिएको छ।

टेलिकमले आज सूचना प्रकाशित गर्दै ०७९-०८० सम्मको बक्यौता रकम मंसिर १ देखि माघ मसान्तसम्म भुक्तानी गरेको खण्डमा जरिवाना छुट हुने जानकारी दिएको हो।

टेलिकमले यो अवसरको लाभ लिन बक्यौता बाँकी भएका सबै ग्राहकहरूलाई अनुरोध गरेको छ।

त्यस अवधीमा पनि बक्यौता भुक्तानी नगरे त्यस्ता ग्राहकहरूको नामावली पत्रिकामा प्रकाशित गर्ने, वेबसाइटमा राखी कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  ०७:२८
प्रतिक्रिया दिनुहोस्