सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । सशस्त्र प्रहरी बल,नेपालले सुदूरपश्चिम प्रदेशमा गरेको कारबाहीमा झण्डै १५ करोड रुपैयाँको अवैध सामग्रीसहित १० जनालाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने सशस्त्र प्रहरी बल नं .७ वैद्यनाथ बाहिनीको कमाण्ड सम्हालेका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रदिप कुमार पालको कुशल नेतृत्व एवं कडा निर्देशन अनुरुप सशस्त्र प्रहरीले प्रदेशभरबाट १४ करोड ९३ लाख ७६ हजार ५५ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको हो।
गत बैशाख ११ गते डीआईजी पाल सशस्त्र प्रहरी बल नं.५ विन्ध्यावासिनी बाहिनी चन्द्रौटाबाट सरुवा भएर सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरीको कमाण्ड सम्हालेको ७ महिनामै (कात्तिकसम्म) सशस्त्र प्रहरीले उक्त रकम बराबरका लत्ताकपडा, सुर्तीजन्य पदार्थ, हार्डवयर, किराना, मलखाद, मोवाइल पार्ट्सका लगायतका सामग्री रहेको सशस्त्र प्रहरी नं.७ वैद्यनाथ बाहिनी कैलालीले जानकारी दिएको छ। उक्त अवैध सामग्री सुदूरपश्चिमस्थित सशस्त्र प्रहरीका जिल्लास्थित गण, प्रस्तावित सीमा सुरक्षा गुल्म,बिओपी लगायतका सशस्त्र प्रहरीले कार्यालय बरामद गरेका हुन् ।
सशस्त्र प्रहरीले हालसम्म बरामद गरेका अवैध सामग्री र ओसारपसारमा प्रयोग भएका सवारीसाधनसहित १० जनालाई आबश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउँदै बरामद गरिएका कुखुरा, माछा र अखाद्य पदार्थलाई नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, पत्रकार, कुखुरा तथा माछा व्यवसायी संघका प्रतिनिधि र स्थानीय व्यक्तिहरुको रोहवरमा नष्ट गरेको जनाएको छ।
त्यसैगरी आर्थिक वर्ष २०८२-०८३ कै सुरुवातमा सशस्त्र प्रहरीले बारबोर बन्दुकसहित दुई जनालाई पक्राउ गरेको थियो। सशस्त्र प्रहरीले उक्त बारबोर बन्दुक र ४ राउन्ड गोलीसहित कैलालीको कलौरा गाउँपालिका-३ बड्कीपलियाका ६८ वर्षीय भरोसे डगौँरा थारु र सोही गाउँपालिकाको वडा नम्बर ५ गोवरैलागाउँ बस्ने ५७ वर्षीय जगदिश चौधरीलाई से१प ९१८१ नम्बरको मोटरसाइकलसहित कलारा गाउँपालिका-५ बड्कीपलियाबाट बिओपी छोटीपलियाले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नं.७ वैद्यनाथ बाहिनीले जानकारी दिएको छ।
सशस्त्र प्रहरीका अनुसार त्यस अवधिमा प्रदेशभरबाट १७ जनालाई विभिन्न किसिमका लागुऔषध र प्रतिवन्धित औषधिसहित पक्राउ गरेर आबश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।
सुदूरपश्चिमका सीमा नाकामा २४ सै घण्टा एकल तथा भारतीय सशस्त्र सीमा बलसँग संयुक्त गस्ती गर्दै आइरहेको सशस्त्र प्रहरीले सीमावासीहरुसँग सचेतना कार्यक्रम गर्दै आइरहेको छ भने प्रदेशका बिभिन्न नाकाहरुबाट हुने अवैध तस्करी नियन्त्रण,सीमा अपराध नियन्त्रण,लागुऔषध तथा अवैध हतियार,मानव बेचबिखन,जाली नोट, काठ तस्करी र चोरी शिकार नियन्त्रणमा लगायतका गतिविधि रोक्न सशस्त्र प्रहरी बल नेपाल नं.७ वैद्यनाथ बहिनी लगायत मातहत कार्यालयहरुले उल्लेखनीय भूमिका निर्वाह गर्दै आईरहेका छन् ।
डीआईजी पालको कमाण्डको सुदूरपश्चिम सशस्त्र प्रहरी बलले अवैध तस्करी नियन्त्रणका लागि बिशेष रणनिति बनाउदै सीमावर्ती क्षेत्रमा सुरक्षा चेकजाँच तथा कडा निगरानी, नियमित गस्ती, सीमा अपराध नियन्त्रणका लागि भारतीय समकक्षी सशस्त्र सीमा बल ( एसएसबी) सँग समन्वयात्मक बैठक, सूचना संकलन गर्नुका साथै स्थानीय प्रशासन, जनप्रतिनिधि, भन्सार कार्यालय तथा अन्य सुरक्षा निकायहरुसंग सहकार्य गर्दै समन्वयात्मक रुपमा कार्य गर्दै आईरहेको सशस्त्र प्रहरी बल नं.७ वैद्यनाथ बाहिनीले जानकारी दिएको छ।
सशस्त्र प्रहरी बलकै एक अब्बल उच्च अधिकृतका रूपमा चिनिने डीआईजी पालले संगठनले दिएको कार्य विपरीत गर्नेहरुलाई कारबाहीको चेतावनीका साथै उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने बताएका छन।