एमाले महासचिव पोखरेलको प्रधानमन्त्रीलाई प्रश्न : 'नयाँ दल खोलेपछि मन्त्री टिकिरहन मिल्छ र?'

शुक्रबार, कात्तिक २८, २०८२
Honor 600 pro

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै सरकारमा निरन्तर रहनु उपयुक्त नदेखिएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई प्रश्न गर्दै पोखरेलले भनेका छन्, “चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने प्रधानमन्त्रीले आफ्नै पहलमा नयाँ राजनीतिक दल खोलेर चुनावमा भाग लिने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्रीको जिम्मेवारीमा राखिरहन मिल्छ ?”

उनको भनाइमा, दल गठन गरिसकेपछि मन्त्री पदमा टिकिरहनु नैतिक रूपमा असङ्गत छ। पोखरेलले अगाडि थपे, “प्रधानमन्त्रीको प्रतिवद्धता र वर्तमान अभ्यासबीच मेल नखाने भएकाले मन्त्रीलाई तत्काल पदबाट मुक्त गर्नुपर्ने समय आएको छैन र ?”

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्