मधेसका सभामुखले ५ सांसदलाई गरेको बर्खास्तीलाई उपसभामुख बबिताले गरिन बदर

शुक्रबार, कात्तिक २८, २०८२

जनकपुर । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले पाँच सांसद गरेको कारबाहीलाई ( बर्खास्ती) उपसभामुख बबिता राउत ईश्वरले बदर गरेकी छिन् ।

Honor x5c

लगातार १० वटा प्रदेश सभा बैठकमा अनुपस्थित भएको भन्दै बिहीवार सभामुख मण्डलले प्रतिशोधको भावनाले ५ सांसदलाई गरिएको पदमुक्तलाई उपसभामुख बबिताले बदर गरेकी हुन् ।

सभामुख मण्डलले जसपाका ४ र जनमत पार्टीका एक जनालाई पदमुक्त गरेका थिए।

उपसभामुख बबिताले पदमुक्त गरिएका ५ सांसद कात्तिक २२ गतेको बैठकमा उपस्थित रहेको बताएकी छिन् । उपसभामुख बबिताले सभामुख मण्डलले गरेको कारबाहीलाई बदर गरेको सूचना जारी गरेकी छिन् ।

सभामुख मण्डलले  सांसदहरु मनिष कुमार सुमन(सप्तरी),  उर्मिला देवी सिंह(सर्लाही), संजय कुमार यादव, (सर्लाही),३(२), सिंहासन सा कलवार (सर्लाही) ४(२), सारदा संकर प्रसाद कलवार,(बारा) २(१) लाई पदमुक्त गरेका थिए।

उपसभामुख बबिताले जारी गरेको सूचना -

 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्