मधेस प्रदेशका ५ सांसद भए पदमुक्त (नामवलीसहित)

शुक्रबार, कात्तिक २८, २०८२
honor २२ sept

जनकपुर । मधेस प्रदेश सभाका ५ सांसदहरु एकैपटक पदमुक्त भएका छन् । मधेसका सभामुख रामचन्द्र मण्डलले लगातार १० वटा प्रदेश सभा बैठकमा अनुपस्थित रहेको भन्दै ५ सांसदलाई पदमुक्त गरेका हुन् ।

पदमुक्त हुने सांसदहरुमा मनिष कुमार सुमन(सप्तरी),  उर्मिला देवी सिंह(सर्लाही), संजय कुमार यादव, (सर्लाही), सिंहासन सा कलवार (सर्लाही)सारदा संकर प्रसाद कलवार,(बारा) रहेका छन् ।

सभामुख मण्डलले उनीहरु १० वटा बैठकमा उपस्थित रहेकाले पदमुक्त गरेको प्रदेश सभापे जानकारी दिएको छ।

संविधानको धारा १८० मा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने सम्बन्धी व्यवस्था रहेको छ । सोही धाराको उपधारा ‘घ’ मा प्रदेश सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने व्यवस्था रहेको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  ०७:३०
प्रतिक्रिया दिनुहोस्